शीर्षकहरू

खल्तीमा अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न सकिने

खल्तीमा अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न सकिने

काठमाडौं । विद्युतीय वालेट खल्तीमा अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न सकिने भएको छ । पुँजीबजारलाई केन्द्रित गरी मेरो शेयर, डिम्याट र एसआइपीको भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको खल्तीले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सँगको सहकार्यमा टीएमएस अकाउन्टमा कोलेटरल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराएको हो ।

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधा मार्फत शेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५+ ब्रोकर अकाउन्टमा कोलेटरल टीएमएसमार्फत खल्ती प्रयोग गरी कोलेटरल लोड गर्न सक्नेछन् र छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिनेछ । 

खल्ती प्रयोग गरी टीएमएस ब्रोकर अकाउन्टको कोलेटरल निम्न तरिकाले लोड गर्न सकिन्छ : 

ज्ञ) आफ्नो ब्रोकरको टीएमएस पोर्टलमा जाने
द्द) ‘फन्ड मेनेजमेन्ट’ मा जाने
३) लोड कोलेटरल छनोट गर्ने 
४) बैंक अप्सनमा ‘खल्ती’ र पेमेन्ट मेथडमा ‘वेब’ छनोट गर्ने।
५) रकम र रिमार्क्स दाखिला गरी सब्मिट गर्ने 
६)पुनः खल्ती जानकारी दाखिला गरी सब्मिट गर्ने 

साथै ब्रोकरको भुक्तानी भने निम्न तरिकाले गर्न सकिन्छ : 

ज्ञ) आफ्नो ब्रोकरको टीएमएस पोर्टलमा जाने
द्द) ‘फन्ड मेनेजमेन्ट’ मा जाने
३) ‘फन्ड सेटलमेन्ट’ को ‘बाई इन्फर्मेसन’ मा जाने
४) पेमेन्ट ड्यु ‘ छनोट गर्ने 
५) ‘खल्ती’ छनोट गरी भुक्तानी गर्ने

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पुँजी बजारमा सक्रिय सहभागिताको प्रवर्धन गर्ने उद्देश्यका साथ आफ्ना प्रयोगकर्तालाई मेरो शेयर, डिम्याटका साथै सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, (एसआइपी), भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको बताए ।