शीर्षकहरू

खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रूपान्तरण सम्झौता

खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रूपान्तरण सम्झौता

काठमाडौं । डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ। सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधा उपभोग गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्ने र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्ने बताइएको छ।

ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मूभी , इभेन्ट लगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने खल्तीले उल्लेख गरेको छ।

बैंकबाट खल्तीमा लोड गर्ने सुविधासँगै ग्राहकहरूले खल्तीबाट गरिमा विकास बैंकको खातामा पनि रकम पठाउन सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा विश्वस्त रहेको बताए।