शीर्षकहरू

कुमारी बैंकको साढे १० लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको साढे १० लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको १० लाख ५१ हजार ७६० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता, बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार र खड्ग बहादुर थापा मगरको नाममा रहेको ८६२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

उल्लेखित कित्ता शेयरमध्ये ८६२ कित्ता शेयर भने विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्नेछन् । यी वाहेक ५ लाख २५ हजार १८ कित्ता शेयर भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । दुबै तर्फका शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा ल्याएको यी शेयर तोकिएको अवधिभित्र विक्री नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।