शीर्षकहरू

एनओसी  लिन  विद्यार्थीको संख्या दैनिक  ३५०० पुगे, सबैभन्दा धेरै जापान र कोरिया

एनओसी  लिन  विद्यार्थीको संख्या दैनिक  ३५०० पुगे, सबैभन्दा धेरै जापान र कोरिया

काठमाडौं । शिक्षा,  विज्ञान  तथा  प्रविधि  मन्त्रालय  अन्तर्गतको    वैदेशिक  अध्ययन  शाखामा  पर्याप्त कर्मचारी   नहुँदा   सेवाग्राही   विद्यार्थीले     सास्ती बेहोरिरहेका  छन्  ।  सानो  ठिमीस्थित  रष्ट्रिय  परीक्षा बो  र्डको    परीक्षा  नियन्त्रण  कार्यालय  परिसरमा  रहेको   उक्त  शाखामा  वैदेशिक  अध्ययन  अनुमतिपत्र (एनओसी)  लिन  हाल  दैनिक  तीन  हजार    पाँच सयसम्म  विद्यार्थी  जाने    गरेका  छन्  ।  पछिल्लो   समय एक्कासि विद्यार्थीको   चाप बढ्न थाले  पछि यहाँका कर्मचारीलाई भ्याइनभ्याइ छ ।

शिक्षा  मन्त्रालयका  सहसचिव  श्रीप्रसाद  भट्टराईले     एनओसी   वितरणका   लागि   बिहान ७  बजेदेखि  साँझ  ६  बजेसम्म  कार्यालय  खोल्दा पनि  मागे    जति  सबै  लाई  एनओसी  दिन  नसकिएको   बताउनुभयो ।  उहाँले    पछिल्लो    समय  जापान  र   कोरिया  जान  एनओसी  चाहने    विद्यार्थीको    सङ्ख्या अकस्मात्   बढेकाले     समस्या   भएको     उहाँले   जानकारी  दिनुभयो ।