शीर्षकहरू

निजगढ  विमानस्थल  पहिलो  प्राथमिकतामा राख्छौं : उपप्रधानमन्त्री

निजगढ  विमानस्थल  पहिलो  प्राथमिकतामा राख्छौं : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री  एवं  स्वास्थ्य  तथा  जनसङ्ख्यामन्त्री उपेन्द्र   यादवले   आउने   बजेटमा   निजगढ  विमानस्थल  पहिलो  प्राथमिकतामा  रहने  बताउनुभएको छ ।महागढीमाई नगरपालिका–१०, गन्जभवानीपुरमा कलेज निर्माण एवं भूमि संरक्षणका लागि भइरहेकोे लवकुश प्राणप्रतिष्ठा यज्ञको शुव्रmबार उद्घाटन  गर्दै  मन्त्री  यादवले  यस्तो  बताउनुभएको  हो  ।  

उहाँले  बाराको  विकासका  लागि  सङ्घीय  सरकारले   दुइटा   विश्वविद्यालयको   बजेटसमेत   विनियोजन  गरिसकेको  बताउनुभयो  ।  राजर्षि  जनक  आइटी विश्वविद्यालय र कृषि विश्वविद्यालय स्थापना हुने र त्यसका लागि पर्याप्त जग्गाको खोजीको जिम्मा जिल्लाका १६ स्थानीय पालिकालाई समेत दिइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आउने दिनमा  बारा  सबैभन्दा  विकसित  जिल्ला  हुने  छ  ।” 

 उहाँले यसै क्षेत्रमा रहेको गढीमाई मन्दिरलाई पर्यटकीय केन्द्र बनाएर स्वदेशी र विदेशी पर्यटक भिœयाउन प्रदेश सरकारले काम गरिरहेको पनि बताउनुभयो । मन्त्री यादवले     जितपुर     सिमरा     उपमहानगरपालिकाको   एरियामा   औद्योगिक   कोरिडोर स्थापना अभियानमा केन्द्र सरकार लागेको जानकारी दिनुभयो । उहाँले कृषिको विकासका लागि विद्युतीकरण र मलखादको कारखाना स्थापना गर्न