शीर्षकहरू

कुमारी बैंकको १ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले कुल कित्ता शेयरमध्ये ३ हजार ५८७ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

१ लाख ५८ हजार ३६३ कित्ता शेयर भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरिएको थियो । सो अवधिमा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागिएको हो । 

विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको शेयर खरीदका लागि तोकिएको अवधिभित्र माग आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिनेछ । यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।