शीर्षकहरू

विद्यालयको शुल्क तथा छात्रवृत्ति विवाद सल्ट्याउन मन्त्रालय सक्रिय

विद्यालयको शुल्क तथा छात्रवृत्ति विवाद सल्ट्याउन मन्त्रालय सक्रिय

काठमाडौं । विद्यालय तहमा देखिएको  शुल्क विवाद तथा छात्रवृत्तिसम्बन्धी समस्याको  एकमुष्ट समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सव्रिmय भएको  छ । हरेक वर्ष सामुदायिक तथा निजी विद्यालयमा देखिने    गरेका   यस्ता   समस्या   समाधानमा   शिक्षा मन्त्रालय  तथा  सम्बन्धित  स्थानीय  तहले    चासो   नदिएको   आरोप  लाग्ने   गरेको  छ  ।  नयाँ  शैक्षिक  सत्र सुरु हुन तीन साता मात्र बाँकी छ ।

 मन्त्रालयले  सबै  स्थानीय तहलाई सार्वजनिक विद्यालयमा  निःशुल्क  शिक्षा  र   निजी  लगानीका  (संस्थागत)  विद्यालयमा  शुल्क  निर्धाण  एवं  छात्रवृत्तिका सम्बन्धमा भएका नीतिगत व्यवस्थालाई कडाइका साथ लागु गर्न १० बुँदे  पत्राचार  गरेको  छ  ।  मन्त्रालयको   अनुरोध  कार्यान्वयन  गर्न  सोमबार  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  पनि सबै  स्थानीय तहलाई अर्को परि पत्र गरेको  छ । स्थानीय  सरकार   सञ्चालन  ऐन,  २०७४  को  दफा ११ मा निःशुल्क शिक्षा, विद्यार्थी प्रो त्साहन तथा छात्रवृत्तिको  व्यवस् थापन सम्बन्धमा व्यवस्था गरेको  छ  । 

 स्थानीय  तहबाट  स्वीकृत  कानुनका आधारमा  सार्वजनिक  विद्यालयमा  निःशुल्क  शिक्षा  र    निजी  लगानीका  विद्यालयमा  शुल्क  निर्धार ण  एवं  छात्रवृत्ति  वितर णसम्बन्धी  व्यवस् थाको  प्रभावकारी  कार्यान्वयन  गर्न  शिक्षा  मन्त्रालयले   अनुरोध  गरेको   थियो   । यी सबै  कार्यको  व्यवस्थापनको  काम, कर्तव्य र    अधिकार  गाउँपालिका   तथा   नगर पालिकाको  रहेको   पनि  शिक्षा  मन्त्रालयले   स्मरण  गराएको   छ  । साथै    सार्वजनिक  विद्यालयले    माध्यमिक  तहसम्म  विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र  पाठ्यपुस् तकबापत कुनै  पनि शीर्षकमा शुल्क लिन  नपाउने    व्यवस्थालाई  कार्यान्वयन  गर्न  पनि  मन्त्रालयले   अनुरोध  गरेको   छ  ।