शीर्षकहरू

अमेरिकी  कम्पनीमाथि राजस्व  अनुसन्धानको मुद्दा, दस अर्ब छत्तिस  करोड राजस्व  छली

अमेरिकी  कम्पनीमाथि राजस्व  अनुसन्धानको मुद्दा, दस अर्ब छत्तिस  करोड राजस्व  छली

काठमाडौं । राजस्व   अनुसन्धान   विभागले     कोटिभिटी नेपाल  प्राइभेट  लिमिटेड विरुद्ध  दस अर्ब  ३६  करोड रुपियाँभन्दा  बढी  राजस्व  चुहावट  गरेको    अभियो  गमा मुद्दा  दायर गरेको  छ  ।  विभागका  महानिर्देशक  नवराज ढुङ्गानाका अनुसार   दस अर्ब ३६ करोड ४५ लाख २२   हजार     ६४२   रुपियाँ   राजस्व   चुहावट   गरेको   अभियो    गमा  पाटन  उच्च  अदालतमा  मुद्दा  दायर गरिएको    हो । 

सेयरधनी  नामसारी  गर्दाको    राजस्व  छली  ४१ करोड  ६४  लाख  १७  हजार    ९६५  रुपियाँ,  राजस्व चुहावट  अनुसन्धान  तथा  नियन्त्रणको    कसुरमा  चार   अर्ब ७६ करोड ५८ लाख ४३ हजार   ३५५ रुपियाँ र   पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार   ३२१ रुपियाँको  बिगो     कायम   गरिएको छ  ।

 कोटिभिटी नेपाल   प्रालि   नेपालमा   दर्ता   भएको     पूर्ण   वैदेशिक लगानी  भएको  कम्पनी  हो    ।  विभागले    दायर    गरेको   आरोपपत्रका  अनुसार    त्यसको    स्थायी  लेखा  नम्बर   ३०११६१६१९१  रहेको    छ  । उक्त   कम्पनीले     आफूमा   रहेको     सेयर   स्वामित्वमा   परिवर्तन  हुँदा   र     सोबाट   कम्पनीको  नियन्त्रणमा   परिवर्तन   भएको     विषयमा   सम्बन्धित निकायमा   कुनै     जानकारी   नदिएको     विभागले   जनाएको    छ  ।  

सेयर स्वामित्व  परिवर्तन  गर्दा  सिर्जना हुने     कर     दायित्व   पूरा   नगरेको,   मुख्य   कम्पनीको  टिभिटी  इन्कलाई  आफ्नो    सेवा  विक्री  गरी  राजस्व चुहावट  गर्ने  उद्देश्यले    सहायक  कम्पनी  काठमाडौँको   हात्तीसारमा  रहेको    कोटिभिटी  नेपालले    राजस्  व  छली गरेको    तथा  डा.  इमादरिज्कब्रेट  म्यागन,  केरी एस्किन,  पिटर    क्सापो  ,  अपर्ना कोथुर  समेतले राजस्व चुहावट  ऐनले    निषेध  गरेका  कार्यमा  संलग्न  भएको   कसुर    पुष्टि  भएको    विभागले    जनाएको    छ  । महानिर्देशक ढुङ्गानाले   उक्त मुद्दामा पाँच अर्ब १८  करोड  २२  लाख  ६१  हजार    ३२१  रुपियाँ  राजस्व चुहावट   भएको     बताउनुभयो ।