शीर्षकहरू

२५ देशमा पुग्छ नेपाली छुर्पी

२५ देशमा पुग्छ नेपाली छुर्पी

काठमाडौं । दुग्धजन्य  उत्पादन  विदेश  निर्यात  समस्याका  रूपमा  देखिएको  खोरेत  रोग  नियन्त्रण  गर्न  कोशी  प्रदेश सरकारले रणनीतिक योजना अगाडि सार्ने तयारी गरेको छ । पशुमा देखिने भाइरसजन्य खोरेत रोग नियन्त्रण गर्न प्रदेश सरकारले विशेष क्षेत्र बनाएर अभियान सुरु गर्ने तयारी गरेको छ । 

खोरेत रोगबाट बर्सेनि हजारौँ पशु सङ्व्रmमित हुने र त्यसले मानव जीवनमा समेत असर गर्ने भएकाले खोरेत सङ्व्रmमित पशुको दुध र त्यसबाट उत्पादित वस्तुलाई स्वस्थकर मानिँदैन । त्यस्ता  वस्तुको  निर्यातले  रोगको  प्रसार  हुन  सक्ने भएकाले विकसित मुलुकहरू बढी संवेदनशील हुँदा  नेपालबाट  दुधजन्य  वस्तुको  निर्यातमा  बाधा  पुगिरहेको छ ।

कोशी प्रदेश सरकारले चालु वर्षमा बढी भएको पाउडर दुध र नौनी घिउ निर्यातलाई प्रोत्साहन गर्न बजेटमै  अनुदानको  व्यवस्था  गरेको  भए  पनि  अहिलेसम्म कसैले पनि अनुदान दाबी गर्न नआएको उद्योग,  कृषि  तथा  सहकारी  मन्त्रालयका  सचिव  लेखराज दाहालले बताए ।  प्रदेशबाट  पछिल्ला  दिनमा  छुर्पीको  निर्यात  उल्लेख्य   मात्रामा   भइरहेको   र   विदेशी   मुद्रा   आर्जनका लागि छुर्पी तथा चिज निर्यातको सम्भावना राम्रो  देखिएको  छ  । 

 त्यसैले  पहिलो  चरणमा  दुधउत्पादन  क्षेत्रलाई   खोरेत    नियन्त्रण      प्राथमिकतामा   राख्नुपर्ने   सुझाव   कार्यव्रmमका   सहभागीले दिएका छन् । नेपालमा  उत्पादित  छुर्पी  अहिले  प्रत्यक्ष  र  अप्रत्यक्ष गरी विश्वका २५ मुलुकमा निर्यात भइरहेको र युरोपबाट पनि माग भइरहेको भन्दै खोरेत नियन्त्रण अनिवार्य  भएको  सङ्घीय  कृषि  मन्त्रालय  पशु  स्वास्थ्य महाशाखाका सहसचिव सम्झना काफ्लेले बताउनुभयो । पशु स्वास्थ्यको क्षेत्रमा समस्याका रूपमा रहेको खोरेत नियन्त्रणका लागि प्रदेश सरकारले देखाएको चासोको  उहाँले  प्रशंसा  गर्दै  सङ्घीय  सरकारका  तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने बताउनुभयो ।

सङ्घीय  सरकारले  तीन  दशकभन्दा  बढी  समयदेखि  नियन्त्रणको  प्रयास  गरे  पनि  नियन्त्रण  नभएको  खोरेतलाई  निश्चित  क्षेत्रबाट  नियन्त्रण  गर्दै जाने गरी प्रदेश सरकारले दीर्घकालीन रणनीति बनाइरहेको छ । त्यसका लागि प्रदेशले विज्ञको टोलीसँग निरन्तर छलफल गरिरहेको छ भने केही दिनभित्रै रणनीतिक योजनालाई  अन्तिम  रूप  दिने  तयारी  गरेको  छ  । 

 विज्ञहरूले सीमित साधन र स्रोतबाट ठुलो क्षेत्रमा एकै पटक खोरेत नियन्त्रण गर्न सम्भव नहुने भन्दै विशेष क्षेत्रमा नियन्त्रण गर्दै जाने नीति प्रभावकारी हुने सुझावदिनुभएको छ । कोशी  प्रदेशका  छ  जिल्लामा  खोरेत  रोगको  सङ्व्रmमण देखिएको छ । मुख्य गरी मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र ओखलढुङ्गामा खोरेतको सङ्व्रmमण भेटिएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा पछिल्लो   पाँच   वर्षयता   खोरेतको   सङ्व्रmमण   भेटिएको छैन ।

यी  जिल्लाबाहेक  इलाममा  पछिल्लो  तीन  वर्षदेखि खोरेतको सङ्व्रmमण देखिएको छैन । अब तीन वर्षदेखि खोरेत नदेखिएका केही जिल्लालाई लक्षित गरेर जोनका रूपमा विकास गर्ने र अन्य जिल्लामा निरोधका  लागि  नियमित  खोप  कार्यव्रmम  चलाउने  गरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयले तयारी बढाएको हो । प्रदेश  सरकारले  तीन  वर्षभित्र  दुध  उत्पादन  जोनभित्र खोरेत पूर्ण रूपमा नियन्त्रण गर्ने गरी अभियान चलाउने करिब निष्कर्ष निकालेको छ । 

उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले प्रदेश सरकार खोरेत  नियन्त्रण  गर्न  दृढ  रहेको  र  तीन  वर्षभित्रै  जोन क्षेत्रमा रोग नियन्त्रण गर्ने गरी प्रभावकारी योजना बनाइने बताउनुभयो । उहाँले कोशी प्रदेशबाट सात अर्ब रुपियाँभन्दा बढीको छुर्पी र सात अर्ब जतिको चिज विदेश निर्यात भएकाले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य रहेको उहाँको भनाइ थियो । पशु सेवा विभागका निर्देशक डा. उमेश दाहालले कोशी  प्रदेशले  सुरु  गरेको  खोरेत  रोग  नियन्त्रणको  प्रयासमा   विभागको   भरपुर   सहयोग   हुने   र   खोपका लागि कोशीलाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।