शीर्षकहरू

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । पछिल्लो समय हरेक दिन कम्पनीहरूले सार्वजनिक सूचनामार्फत संस्थापक शेयर विक्रीको जानकारी गराइरहेका छन् । सोही क्रममा बिहीवार दुई कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । कुमारी बैंकले ४ हजार ४४ कित्ता र युनाइटेड अजोड इन्स्योरेन्सले १६ हजार ५९३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । कुमारी बैंकले शेयरको मुल्य खुलाएको छैन भने युनाइटेड अजोड इन्स्योरेन्सले भने शेयरको मूल्य प्रतिकित्ता २०५ रूपैयाँ उल्लेख गरेको छ । 

यी शेयर खरीदका लागि सम्बन्धित कम्पनीहरूको विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्रै कनपीको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । दुबे कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्ने जानकारी दिएका छन् ।