शीर्षकहरू

नेप्सेमा २.७३ अंकको झिनो गिरावट, ३ अर्ब बढीको कारोबार

नेप्सेमा २.७३ अंकको झिनो गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) २.७३ अंकले घटेको छ।

सूचक २००४.०८ बिन्दुमा थामिँदा नेप्सेमा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७.८५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेप्सेमा कूल ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर कारोबार भएको हो।

झिनो अंकले घटेको बजारमा १२८ कम्पनीको शेयरमूल्य घट्दा १०६ कम्पनीको मूल्य बढेको छ। ११ कम्पनीको शेयरमूल्य स्थिर छ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन्‌। १० प्रतिशत वृद्धि भएको यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९९.८० रुपैयाँले बढेर १ हजार ९७.८० पैसा पुगेको छ।

पिपुल्स पावर लिमिटेडका शेयरधनीले भने आज सर्वाधिक ७.२४ प्रतिशत गुमाएका छन्‌। यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य एकैदिन ४४ रुपैयाँले घट्दै ५६४ रुपैयाँमा झरेको हो।

आजको बजारमा गोर्खा फाइनान्स लिमिटेडको सर्वाधिक २३ करोड ३२ लाख ९१ हजार ६१२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।