शीर्षकहरू

१० लाख ऋणको ब्याज मात्र ८५ लाख

१० लाख ऋणको ब्याज मात्र ८५ लाख

काठमाडौं । नारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो  ।  तर  सहकारी  संस्थाबाट  लिएको  ऋणको  मिटरब्याजले अहिले सबै सकिँदै गएको छ ।दीर्घनारायणले  भन्नुभयो,  “चिन्ताले  म  डिप्रेसनको  सिकार  भएको  छु  । 

 औषधि  खानुपर्ने  बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।”भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको  छिपछिपे  उपभोक्ता  सहकारी  संस्थाको  बचतकर्ता  हुनुभयो  ।  त्यसको  पाँच  महिनापछि  १०  लाख  रुपियाँ  लगानी  गरेर  सेयर  सदस्य  हुनुभयो । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो  ।  सहकारीको  अध्यक्ष  र  प्रबन्ध  निर्देशक  पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भन्नुभयो, “भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ ।

 अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।”२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ  पु¥याइयो  ।  त्यो  ६०  लाख  असुल  गर्नका  लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ  उपलब्ध  गराइयो  ।

  छिपछिपे  सहकारीको  अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज  सहकारीको  सचिव  रहेको  जानकारी  दिइएको छ ।२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पु¥याइयो । उता सनराइजको  ब्याज  महिना  महिनामा  तिरेको  ३०  लाख र छ महिना अघिसम्मको जोड्दा थप एक करोड २६ लाख रुपियाँ पुगिसकेको थियो ।

 त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार चार करोड रुपियाँ पर्ने जग्गा दुई करोड रुपियाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको एक करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ ।यहाँसम्म   आइपुग्दा   भुर्तेल   परिवारले   सनराइजलाई  एक  करोड  ५६  लाख  रुपियाँ  र  छिपछिपेलाई एक करोड १९ लाख रुपियाँ गरी दुई करोड ७५ लाख रुपियाँ बुझाइसकेको बताएको छ । जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख  रुपियाँबराबरको  सेयरको  हिसाबकिताब  र  मासिक बचतको हिसाब कतै देखिन्न । 

सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ ।नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पव्रmाउ गरेको छ । छिपछिपेका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल  र  सहकारीबाट  हिनामिना  गरिएको  रकम  व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पव्रmाउ गरिएको नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिनुभयो । “सरकारीमार्फत बचतकर्ताकोे रकम  हिनामिनामा  ठुलो  गिरोह  सव्रिmय  भएको  देखिएकाले प्रहरीले अनुसन्धानलाई तीव्रता दिइएको छ,” उहाँले भन्नुभयो ।