शीर्षकहरू

सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ 'कोमा’

सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ 'कोमा’

काठमाडौं । आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यसाथ २०५१ सालमा स्थापित सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ कोमा’ मा पुगेको छ ।करोडौँ रुपियाँ खर्चिएको औषधी उत्पादनको मेसिनमा खिया लागिरहँदा सिंहदरबार वैद्यखाना विकास समितिको कार्यालय ५० जनाभन्दा बढी कर्मचारीको जागिर खाने, दिन बिताउने’ अड्डा बनेको हो ।

 व्यवस्थापकीय  लापरबाही  र  राजनीतिक  हस्तक्षेपका  कारण  काठमाडौँ  अनामनगरस्थित  सिंहदरबार   वैद्यखानामा   आयुर्वेदिक   औषधी   उत्पादन  बन्द  हुने  अवस्थामा  पुगेको  छ  ।  तीन  वर्षदेखि  आयुर्वेदिक  औषधी  उत्पादनका  लागि  बोलपत्र  आह्वान  हुन  सकेको  छैन  । 

 दुई  सय  प्रकारका औषधी उत्पादन गर्ने क्षमतासाथ विकास र विस्तार गरिएको सिंहदरबार वैद्यखाना थलिएको छ । असोजदेखि अध्यक्षविहीनगत असोजमा  समितिका अध्यक्ष  वरिष्ठ  आयुर्वेदिक  चिकित्सक  डा.  बाबुराजा  अमात्यको  पदावधि  सकिए  पनि  नयाँ  अध्यक्ष  नियुक्त गरिएको छैन । सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले भन्नुभयो, “कुनै निर्णय गर्नका लागि बोर्ड छैन ।