शीर्षकहरू

फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश

फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश

काठमाडौं । पैसा  छोए  पाप  लाग्छ’  भने  मान्यता  राख्ने  फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश गरेका छन् । सरकारले उनीहरूलाई दिने गरेको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फतै बुझ्न उनीहरू सहमत भएका छन् । त्यसका लागि खाता खोल्न थालिएको छ । 

सामाजिक  सुरक्षा  भत्ता  वितरण  गर्दा  राउटे  समुदायका प्रत्येक नागरिकको बैङ्क खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरू खाता खोल्न सहमत भएका हुन् । पश्चिम  नेपालका  जङ्गलमा  फिरन्ते  जीवन  बिताउँदै   आएका   राउटे   समुदायका   मुखिया   सूर्यनारायण शाहीले सरकारले दिने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बस्तीमै आएर वितरण गर्ने भनेपछि आफूहरू खाता खोल्न राजी भएको बताउनुभयो । उहाँले समुदायका नागरिक पढ्न, लेख्न नजान्ने र बैङ्कमा गएर चेक काट्न नसक्ने भएकाले बस्तीमै आएर  भत्ता  वितरण  गर्न  बैङ्क  र  गाउँपालिकाले  मानेपछि  आफूहरू  खाता  खोल्न  राजी  भएको  बताउनुभयो  ।  उहाँले  भन्नुभयो,  “हामी  बैङ्कमा  गएर  पैसा  ल्याउन  सक्दैनौँ  । 

 त्यो  हामीलाई  थाहा  छैन । तपाईंहरूले बस्तीमै आएर भत्ता वितरण गर्नु पर्छ भनेका छौँ र उहाँहरूले हुन्छ’ भन्नुभएको छ ।” गुराँस  गाउँपालिका  दैलेखका  निमित्त  प्रमुख  प्रशासकीय  अधिकृत  दिनेश  दहालले  सामाजिक  सुरक्षा  भत्ता  वितरण  कार्यविधि–२०७७  बमोजिम  राउटे  समुदायका  नागरिकको  सामाजिक  सुरक्षा  भत्ता बैङ्कमै जम्मा गर्ने उद्देश्यले उनीहरूको खाता खोलिएको  बताउनुभयो  ।  उहाँले  भत्ता  पाउने  लाभग्राहीको   फोटोसहित   मूल   अभिलेखमा   राखेपछि त्यसैका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट  रकम  निकासा  गर्नुपर्ने  भएको  हुँदा  राउटे समुदायको समेत अभिलेख राखिए पनि बैङ्क खाता  नहुँदा  समस्या  भएपछि  उनीहरूलाई  बैङ्क  खाता  खोल्ने  र  खातामा  रकम  जम्मा  गर्ने,  पछि  सम्बन्धित वडा कार्यालयको सहयोगमा वितरण गर्ने बताउनुभयो ।