शीर्षकहरू

पुरानो लाभांश बुझ्न नबिल इक्वीटी फण्डको आग्रह

पुरानो लाभांश बुझ्न नबिल इक्वीटी फण्डको आग्रह

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड परिपक्व भएसँगै सम्बन्धित इकाईधनीहरूको भागमा पर्ने रकम फिर्ता भुक्तानी गरिसकेको छ । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले माघ १५ गतेदेखि हाल कायम इकाईधनीहरूले अन्तिम कायम प्रति इकाई खुद सम्पत्ति मूल्यमा प्रचलित कानुन बमोजिम कर कट्टा गरी प्राप्त हुन आउने रकम फिर्ता भुक्तानी गरिसकेको हो । 

यस अवस्थामा पुराना वर्षहरूको लाभांश बुझिलिन बाँकी इकाईधनीहरूलाई यथासिघ्र बुझिलिन योजना व्यवस्थापकले आग्रह गरेको छ । योजनाको लाभांश सम्बन्धित इकाईधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र गराउन योजना व्यवस्थापकले आग्रह गरेको हो ।

यस योजना परिपक्वपश्चात् इकाईधनीहरूले अन्तिम कायम प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ७७ पैसाका आधारमा रकम भुक्तानी प्राप्त गरेका हुन । यो योजना २०८० साल कात्तिक १८ गतेदेखि परिपक्व भएको हो ।