शीर्षकहरू

एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन

एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक तर्फको ७० प्रतिशतलाई ६० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतलाई ४० प्रतिशत कायम गरिएको हो । 

यसअघि संस्थापक तचर्फ ५० लाख ५० हजार १४४ दशमलव शून्य ४ कित्ता र सर्वसाधारणतर्फ २१ लाख ६४ हजार ३४७ दशमलव ४४ कित्ता शेयर कायम थियो । शेयर संरचनापछि संस्थापक तर्फ ४३ लाख २८ हजार ६९५ कित्ता र सर्वसाधारणतर्फ २८ लाख ८५ हजार ७९६ दशमलव ४४ कित्ता कायम भएको हो । 

संस्थापक तर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएको जानकारी कम्पनीले दिएको छ । शेयर संरचना परिवर्तनका लागि गरिएको प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।