शीर्षकहरू

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरको तेस्रो संस्करण शुरु

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरको तेस्रो संस्करण शुरु

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण आजदेखि शुरु गरेको छ । यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिष्कृत र अझै ठुलो, अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले जनाएको छ ।  

यो अफर अन्तर्गत ५ जनाले पल्सर एनएस एफआई एबीएस बाइक जित्न सक्नेछन् । अन्य विजेताले आईफोन १५, होनाेर एक्स७बी स्मार्टफोन, वासिङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउन्टेन फ्लाइट देखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन् । यसका साथै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा शेयर गर्न सक्नेछन् भने पहिले जस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्ड मार्फत उपहारहरू जित्ने मौका पाउनेछन् । 

जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागु रहने २ महिनाको यस जात्रा अवधि ४ वटा राउन्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू बाइकको लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको बाइकका लागी स्वतः सहभागी हुन पाउन र जित्न सक्ने कम्पनीले जनाएको छ ।