शीर्षकहरू

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ९३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको थियो । 

सो अवधिमा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला भएको हो । इच्छुक खरीदकर्ताहरूले आगाी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं वा बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा पेश गर्नुपर्नेछ । यी शेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी बैंकले दिएको छ ।