शीर्षकहरू

सुरक्षा, सुशान्त र दयाहाङ हिरोका ब्राण्ड एम्बेस्डर नियुक्त

सुरक्षा, सुशान्त र दयाहाङ हिरोका ब्राण्ड एम्बेस्डर नियुक्त

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली कलाकारहरु सुरक्षा पन्त र दयाहाङ राई तथा गायक सुशान्त केसीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।

नक्सालस्थित 'स्टेट अफ दि आर्ट शोरूम'मा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको सिजी मोटर्सले जनाएको छ । यस रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो बनाउने कम्पनीको विश्वास छ ।

सीजी मोटर्सले सुशान्त केसीलाई हिरो हिरो एक्सपल्स, सुरक्षा पन्तलाई हिरो जूम र दयाहाङ राईलाई स्प्लेन्डर सिरिजका मोटरसाइकलका लागि ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो ।

सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा विस्तारका लागि व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन गरेको थियो ।

हिरोका मोटरसाइकलतथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन् ।