शीर्षकहरू

थापाथलीमा सीजीको नयाँ सोरुम, सोकेसमा एयोनका नयाँ मोडल

थापाथलीमा सीजीको नयाँ सोरुम, सोकेसमा एयोनका नयाँ मोडल

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले काठमाडौंको थापाथलीमा  नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन सञ्चालनमा ल्याएको छ ।

बिहीबार नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र जीएसी इन्टरनेशनलका उपमहाप्रबन्धक स्टेभेन वाङ सोरुमको उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा सीजी मोटर्सका प्रवन्ध निर्देशक निर्वाण चौधरी जीएसी एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागका निर्देशक छेन वान, एसिया क्षेत्रका निर्देशक साम छुलगायतको उपस्थिति थियो ।

शोरुम उद्घाटन सँगै एयोनका नयाँ मोडल एयोन एस र हाईपर ईएस सोरुममा अनावरण गरियो । उद्घाटन कार्यक्रममा राजदूत सोङ्गले नेपालमा विश्वमै सबैभन्दा धेरै इभी पेनेट्रेसन (प्रवेश) भइरहेको बताए ।

यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जीएसीका विद्युतीय गाडी विश्वमा टेस्ला र बीवाईडीको प्रतिस्पर्धी भऐएको बताएका थिए ।