शीर्षकहरू

सीएफ मोटो टेस्ट ड्राइभ र बुकिङ खुला

सीएफ मोटो टेस्ट ड्राइभ र बुकिङ खुला

काटमाडौं । दुईपाङ्ग्रे सवारी साधन सीएफ मोटो र जिहोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलको टेस्ट ड्राइभ र बुकिङ सुरु गरेको छ । 

रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टर एनके २५०, एसआर२५०, एनके४५० र जिहोको एई-६ एलआर (डबल ब्याट्री) र सिटी स्पोर्ट्स मोडलको टेस्ट ड्राइभ र बुकिङ खोलेको हो। 

यी उत्पादनहरुको बिक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने कम्पनीले बताएको छ ।

विभिन्न उमेर समूह लक्षित सीएफ मोटोका उत्पादन र विद्युतीय सवारीसाधन रोज्नेहरुका लागि जिहो ब्रान्डले नेपालमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने दाबी कम्पनीको छ ।