शीर्षकहरू

पाँच जना महिला उद्यमी नगद एक लाखसहित पुरस्कृत

पाँच जना महिला उद्यमी नगद एक लाखसहित पुरस्कृत

काठमाडौं । पाँच जना महिला उद्यमी नगद एक लाखसहित पुरस्कृत भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले 'हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान' नाराका साथ बुधबार आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोहमा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

कोशी प्रदेशबाट उर्लाबारी नगरपालिका ७ मोरङस्थित निरू ढाका कपडा उद्योगकी सञ्चालक निर्मला चौहान, मधेश प्रदेशबाट कलैया उपमहानगरपालिका १६ बारास्थित जय माता दि कपास उद्योगकी सञ्चालक बबिताकुमारी तेली र बागमती प्रदेशबाट ललितपुर नगरपालिका २४ ललितपुरस्थित माउन्टेन बि कन्सर्न प्रालिकी सञ्चालक सरिता श्रेष्ठ भट्टराईलाई सम्मान गरिएको हो ।

यसैगरी गण्डकी प्रदेशबाट पोखरा उपमानगरपालिका ११ कास्कीस्थित हङकङ ब्युटि इन्स्टिच्यूट प्रालिकी सञ्चालक मीना गुरुङ र सुदूरपश्चिम प्रदेशबाट महाकाली नगरपालिका ४ दार्चुलास्थित एभिरिल बेबी सप एण्ड डिजाइनिङ कर्नरकी सञ्चालक तारा देवललाई जनही नगद एक लाख रुपैयाँसहित पुरस्कृत एवं सम्मानित गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले महिला मन्त्रालयले जबसम्म काम गर्न पाउँदैन तबसम्म यो मुलुक समृद्ध बन्न नसक्ने बताएका थिए । राज्यले महिला मन्त्रालयलाई छुट्याएको बजेट निकै न्यून रहेको उनीहरूको गुनासो थियो । उत्पादनमा जोड्दै महिलाको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।