शीर्षकहरू

ठमेल प्लाजा होटलले ल्यायो हकप्रद शेयर बिक्रीमा

ठमेल प्लाजा होटलले ल्यायो हकप्रद शेयर बिक्रीमा

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले ७० दशमलव ३० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । जेठ २१ गतेदेखि कम्पनीले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७० दशमलव ३० प्रतिशत सम्मको सीमाभित्र हुने गरी हकप्रद शेयर निष्कासन गरेको हो ।

हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव जेठ १९ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो । सम्बन्धित शेयरधनीहरूले असार २३ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र सम्बन्धित शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंबाट आवेदन प्राप्त गर्न र पेश गर्न सकिनेछ । हकप्रद शेयर वापतको रकम भने कम्पनीको नाममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा रहेको खाता नम्बर ०१५०१०००००६८१२०१ मा जम्मा गर्नुपर्नेछ । कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।