शीर्षकहरू

हिमालयन एभरेष्ट इन्स्योरेन्समा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

हिमालयन एभरेष्ट इन्स्योरेन्समा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा जागिर खुलेको छ । कम्पनीले हेल्थ एसिसेटेन्ट र आईटी अफिसरका लागि जागिर खुलाएको हो ।

कम्पनी कति जना कर्मचारी चाहिएको हो भन्ने चाहिँ खुलाएको छैन । कम्पनीले शुक्रबार सूचना सार्वजनिक गर्दै हेल्थ एसिस्टेन्ट र आईटी अफिसरका लागि केही कर्मचारी चाहिएको भन्दै आवेदन आह्वान गरेको छ ।

हेल्थ एसिस्टेन्टका लागि जनरल मेडिसिनमा डिप्लोमा गरेको तथा फार्मेशीमा डिप्लोमा गरेकोले आवेदन दिनसक्ने छन् ।

यसैगरी आईटी अफिसरका लागि सर्भर, नेटवर्क, एडीडीएस, फायरवाल, अफिस ३६५ र केएटएसमा ज्ञान भएको सूचना प्रविधिमा ब्याचलर गरेको नेपाली व्यक्तिले आवेदन दिनसक्ने बताएको छ ।

आवेदन [email protected] मेलमार्फत् दिन सकिने कम्पनीले बताएको छ ।