शीर्षकहरू

यस्तो देखियो ‘श्रमाधान मेला', जागिरका लागि कतिले दिए आवेदन ? [फोटोफिचर]

यस्तो देखियो ‘श्रमाधान मेला', जागिरका लागि कतिले दिए आवेदन ? [फोटोफिचर]

काठमाडौं ।  सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा आयोजित श्रमाधान मेला सम्पन्न भएको छ । देशभर ६ वटा प्रदेशकै राजधानीपछि मंगलबार र बुधबार बागमती प्रदेशमा ललितपुरमा श्रमाधान मेला सम्पन्न भयो ।

श्रमाधान मेलामा देशभर जागिरका लागि २० हजार जनाले आवेदन दिएका छन् । धनगढीमा चार हजार १६६, पोखरामा १ हजार, जनकपुर र विराटनगरमा २-२ हजार,  सुर्खेतमा २ सय ६७, बुटवलमा एक हजार र ललितपुरमा २ हजार जनाले जागिरका लागि आवेदन दिएका छन् ।

स्वदेशमै रोजगारी दिने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ १७ गते कोशीबाट श्रमाधान रोजगार मेला सुरु गरेको थियो ।