शीर्षकहरू

खोरङ्गा हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

खोरङ्गा हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम शेयरधनीहरूका लागि १ बराबर शूून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो । हकप्रद शेयर निष्कासन लगाएतका विविध प्रस्ताव पारितका लागि कम्पनीले असार १४ गते विशेष साधारण सभा बोलाएको छ ।

 जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्नपीको कार्यालय महाराजगञ्ज, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने र यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।