शीर्षकहरू

कर्पोरेट डेभलपमेण्ट बैंकले असार १९ गते बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

कर्पोरेट डेभलपमेण्ट बैंकले असार १९ गते बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा असार १९ गते बोलाएको छ । जेठ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय वीरगञ्ज, पर्सामा विहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गुर्नका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
 
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । जेठ ३२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।