शीर्षकहरू

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्यो

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्यो

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न सभाले स्विकृति दिएको हो ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी दुई अर्व दश करोडको १५% अर्थात प्रत्येक १०० कित्ता शेयर वरावर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।  यसैगरी हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि भई दुई अर्व एकचालिस करोड पचास लाख पुग्ने भएको छ ।

 प्रस्ताव पारित गर्न र हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको बीमक दर्ता तथा व्यवसाय संचालन सम्बन्धी निर्देशिका, २०७३ बमोजिम न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन दिएको निर्देशन बमोजिम कम्पनीको सभाले हकप्रद पारित गरेको जनाएको छ । 

नेपाल बीमा प्राधिकरणबाट संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ रहे बमोजिम संचालक समितिमा समेत सो अनुपातमा प्रतिनिधित्व गराउने सञ्चालक समेत चयन गरेको छ । संस्थापकको तर्फबाट तीन जना, सर्वसाधारणको तर्फबाट ३ तीन जना र स्वतन्त्र संचालक १ जनाको प्रतिनिधित्व हुने गरी कम्पनी ऐन, २०६३ को दफा ८६(२) बमोजिम एक जना महिला संचालक समेत समावेश हुने गरी साधारण सभामा विशेष प्रस्ताव पास गरेको छ । 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या दुई लाख दुई हजार छ सय अठार, बीमाशुल्क वापत दुई अर्व छत्तीस करोड अठहत्तर लाख सतहत्तर हजार नौ सय उन्नचालिस आर्जन गरि तेस्रो त्रैमाससम्म सताइस करोड बयालिस लाख चौविस हजार दुई सय पन्ध्र खुद नाफा आर्जन भएको छ ।

कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा आठ हजार एक सय एकासी वटा दावीको रकम  एक अर्व छविस करोड चौसठ्ठी लाख चौरानब्बे हजार पाँच सय अरसठ्ठी दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या तीन हजार सात सय र्सैतीस कायम रहेको कम्पनीले जनाएको छ ।