शीर्षकहरू

'रुग्ण उद्योग अब चल्दैनन्, लगानीका लागि संशोधित कानुनले भ्रष्टाचारको जालो खोल्ने बाहेक केही हुन्न'

एकपटक पूरै पुनर्विचार गरी समग्र अर्थतन्त्र सुधारका लागि लाग्नुपर्छ

'रुग्ण उद्योग अब चल्दैनन्, लगानीका लागि संशोधित कानुनले भ्रष्टाचारको जालो खोल्ने बाहेक केही हुन्न'

कोरोना महामारीपछि नेपालभन्दा कमजोर मुलुकहरू निकै अगाडि बढिसके । महामारी पछि नेपाल जसरी अगाडी बढ्नु पर्ने थियाे त्यसरी अगाडी बढ्न सकेन ।  लामो समयदेखि हामीले मेजर रिफर्म नै गर्न सकेनौँ । हरेक वर्ष टालटुले काम मात्रै गर्‍यौ । आर्थिक नीति, भूकम्प र कोरोना महामारीपछि भएका प्रयास, सरकार र कर्मचारीतन्त्रलगायत विभिन्न समसमायिक विषयमा नेपाल आर्थिक रुपमा विकसित हुन नसक्नुका कारणबारे पूर्व उद्योगसचिव भरतबहादुर थापासँग चर्चा गरेका छाैँ । प्रस्तुत छ, उनै थापासंग आर्थिक न्युज डटकमले गरेको कुराकारीको सम्पादित अंशः 

राजनीतिक परिवर्तनमा निकै अगाडि भए पनि हामी अर्थतन्त्रमा पछाडि छौँ । किन आर्थिकरुपमा पछाडि पर्‍यौँ ? 

भूकम्प र कोरोना महामारीले हामीलाई निकै प्रभाव पार्‍यो । लामो समयदेखि हामीले मेजर रिफर्म नै गर्न सकेनौँ । हरेक वर्ष टालटुले काम मात्रै गर्‍यौ । २०४९ को रिफर्मपछि जुन किसिमको लहर आएको थियो त्यसलाई ५१ मा आएर विभिन्न कुराहरूले खराब बनाइयो । प्राथमिकतामा फरक–फरक पार्न थालियो । 

त्यो बेलामा हामीले रिफर्म गर्दा हाम्रो इन्भेष्टमेन्ट क्राइमेट साउथ एसियामा सबैभन्दा राम्रो थियो । छिमेकीहरूमा जुन हाम्रो सबैभन्दा ठूलो ट्रेडिङ पार्टनर छ, त्यो भन्दा हाम्रो धेरै नै राम्रो थियो । रिफर्म भनेको एक पटक गरिसकेपछि जिन्दगीभर पुग्ने होइन । त्यसलाई समय–समयमा गरिरहनुपर्छ । 

डब्लूटीओमा हामी जोडिएपछि बाटो खुल्यो तर हामीले त्यस अनुसारको उत्पादन बढाउन सकेनौँ । यी कारणहरूले पनि हाम्रो अर्थतन्त्र यस्तो अवस्थामा गएको हो । विशेषगरी रिफर्म र कोरोना नै मुख्य कारण हो । 

कोरोना महामारीपछि हामीभन्दा कमजोर मुलुकहरू निकै अगाडि बढिसके । बंगलादेशकै गार्मेन्टको कुरा गर्ने हो भने त्यहाँको गार्मेन्ट निकै माथि पुग्दा हामी स्वाट्टै सुक्यौ । महामारी पछिको स्टेपहरू लिनुपर्ने थियो । तर, हामीले त्यसपछि के स्टेप लिने भन्नेबारे केही पनि गरिएन । 

नीति नियम बनाउने बेलामा अरूको पछि लागेर आफ्नो खालको ल्याउन हामीले भुलेका हौँ ? 
हामीले यसो गरेको होइन । हामीले त केही नै गरेका छैनौँ नि । राजनीतिक परिवर्तन भए । तर यसमा स्थिरता भएन । हरेक पार्टीले आफ्नै किसिमका लहरहरू ल्याउने गरे । कहिले केलाई प्राथमिकता दिएका छन् त कहिले केलाई । तर, अहिले मुखले हामी आर्थिक एजेन्डामा सँगै बस्नुपर्छ भन्न थाल्नु भएको छ । 

महामारीपछि छिमेकी देशहरू अगाडि गइसके । हाम्रोमा के–ले असर गरेको हो ? 
नजिकका जुन पार्टनहरू छन् उनीहरूसँग हाम्रो तुलना नै हुन सक्दैन । उनीहरूको रिफर्म यति छिटो भयो कि उनीहरूले त्यसको अवस्था राम्ररी बुझेर गरे । उनीहरूकोमा उत्पादन पनि बढ्दो छ । यसले गर्दा उनीहरू निकै माथि पुगे । 

हामीकहाँ उत्पादन पनि छैन । कच्चा पदार्थ  पनि छैन । हाम्रो युवा जनशक्ति पनि छैन । हाम्रो पावर सप्लाइलाई पावर सप्लाइ भन्दैन दुनियाँले । अझै पनि लोडसेडिङ नै छ । लेभर कष्ट पनि हाम्रो महँगो हुँदै जान थाल्यो । 

अहिले पुरानो खालको ब्युरोक्रेसी छैन । सबैलाई आफ्नो पोल्टामा हाल्न पाए भयो । हरेक पार्टीको पोल्टामा ब्युरोक्रेसी छ । त्यसले गर्दा सल्लाह दिनेको सीमा पनि कमजोर बन्दै जान्छ । यस्तो अवस्थामा जे आए पनि नेसनल पोलिसी भनेर गरिन्छ । योजनाहरू पनि जसको लिडरसिपमा छ त्यसकै अनुसार आउँछ । अर्को लिडरसिप आयो भने त्यसलाई पुरै परिवर्तन गरिदिन्छन् । यिनै कारणले हामी अल्मलिएका हौँ । 

यस्तो अवस्थाबाट हामी बाहिर निस्कनका लागि कसले के गर्नु पर्छ ? 
पहिलो काम ब्युरोक्रेसीलाई ब्युरोक्रेसी बनाउनुपर्छ । कर्मचारीलाई पार्टीको कार्यकर्ता बनाउनु भएन । सल्लाह पनि सुन्नु पर्‍यो । ब्युरोक्रेसी सरकारको एडभाइजर पनि हो र इम्प्लुमेन्टर पनि हो । हाम्रो मन्त्रीहरूले आफ्नै कताबाट-कताबाट एडभाइजर ल्याउने गर्छन् । हामीले जानेको ब्युरोक्रेसी भनेको सचिव मन्त्रीको सबैभन्दा नजिकको सल्लाहकार हो । सचिव नै हो; जसले मन्त्रीको भिजनलाई इम्प्लिमेन्ट गर्छ । यसो नहुँदा प्राइरेटी पनि डाइभर्ट हुन्छ । 

बोल्दा र गर्दाको फरक एकदमै देखिन थाल्यो । पब्लिक कन्जप्सनको विषयमा जे पनि बोलिदिने गरिन्छ । हरेक पटक नयाँ स्लोगन ल्याएर नयाँ नेपाल बनाउने भन्दै के के बोलिन्छ । अहिले समृद्ध नेपाल भनिएको छ । समृद्ध नेपाल हुनका लागि मेजर इन्डिकेटर ९ वटा र सेकेन्ड इन्डिकेटर १२ वटा हुन्छन् । समृद्धिको इन्डिकेटरमा पहिलो सुरक्षा पर्छ । तर, यी इन्डिकेटरको जानकारी नै छैन, तैपनि समृद्ध नेपाल भनेर घोषणा गरियो । यो घोषणा भएको धेरै वर्ष भएको छैन तर नाम लिन धेरैले रुचाउन छाडिसके । यस्तै यस्तो कुराहरूमा हामी हराएका छौँ । 

चार पाँच जना मूल नेताहरूको हातमा मुलुक छ । 'हप्तामा एक पटक भएपनि सँगै बसेर चिया खाइदिनुहोस् । बाहिर फरक-फरक नबोलिदिनुहोस् । हामी नेपाल बनाउने कुरा गरेका छौँ भनिदिनुस् । अरू जम्मै हामी गर्छौँ पनि भनिदिनु । तर हामी काम गर्छौँ जस तपाईँहरू लिनु' भनेर ब्युरोक्र्याट्सले सल्लाह पनि दिएको हो । तर, गर्नु भएन । 

संसदले पनि एक किसिमको थिंक ट्यांकको रुपमा काम  गर्न पाएन । दुई-तीन जनाको ह्विपले संसद् पनि संसद् जस्तो भएन । ब्युरोक्रेसी पनि ब्युरोक्रेसी जस्तो भएन । 

समृद्ध भनेको भौतिक कुराहरू मात्रै होइन । यसका इन्डिकेटरहरू स्वास्थ्य, शिक्षालगायतका विषय पनि हुन् । शिक्षालाई नै हेरौँ– यहाँ १२ पास गरेपछि यो मुलुकका पढ्न कोही चाहँदैन । कुनै बेला हामीले नेपालाई शिक्षाको हब बनाउँछौँ भनेका थियौँ । तर, त्यो कुरा अहिले हामीले बिर्सिसक्यौँ ।  

कसरी देशलाई माथि लैजाने सकिन्छ त? 
यो समय-समयले गर्ने कुराहरू हो । कुनै समयमा हामी १० प्रतिशत मात्रै मुलुकलाई चाहिने सिमेन्ट उत्पादन गर्दथ्यौं । अहिले हामीकहाँ चाहिने भन्दा बढी सिमेन्ट उत्पादन हुन सक्छ । तर हामीले बजार खोजिदिन सकेका छैनौँ । राष्ट्रिय प्राथमिकताको उद्योगकारुपमा परिणत गर्न धेरै मुस्किल परेको थियो । सामान्य रिफर्मका कारण नै अहिले यो ठाउँमा सिमेन्ट उद्योगहरू आइपुगे । राष्ट्रिय प्राथमिकताको उद्योगहरूले पाउने जे-जे सुविधा छन् ती सुविधा उनीहरूलाई दिँदा सिमेन्ट उद्योगहरू आत्मनिर्भर हुन पुगे । अहिले त सिमेन्ट निर्यात पनि गर्न सक्ने भयौं । 

एउटा कालखण्ड थियो चिनीमा हामी पूरै बाहिर निर्भर हुन्थ्यौ । सिमेन्टको जस्तै सुविधा दिएका कारण हामी चिनीमा आत्मनिर्भर भएका थियौं । एक लाख माग हुँदा उत्पादन दुई लाख बढी हुने गरेको थियो । तर, अहिले हामी फेरि त्यहि अवस्थामा पुग्यौं । बाहिरबाट चिनी आयात भएन भने हामी चिनी नै पाउदैनौं ।  

उद्योग हो कि होइन भन्ने कुरालाई पनि हामीले वर्गीकरण गर्नुपर्छ । मिडिया, शिक्षा क्षेत्रलाई उद्योगकारुपमा मानिएको नै थिएन । कान्तिपुरलाई उद्योगमा वर्गीकरण गरिदिएपछि मात्रै मान्न थालियो । 

यस्तै अवस्था रहने हो भने चिनीको जस्तै अवस्थामा सिमेन्ट उद्योगहरू पुग्न सक्छन् । यस्तो भएमा नयाँ लगानी आउने त कुरै भएन । भएको पुरानो लगानी पनि त्यहाँबाट अन्तै जान सक्छ । 

अहिले हामीले सलाई कोर्ने काँटी समेत बाहिरबाट आयात गर्छौ । आत्मनिर्भर हुन नसक्नुमा जुन टेरिफ रिभिल्स भएपछि यसले सर्भाइफ गरेको आफ्नो वस्तुहरू फेरि बाहिरबाट ल्याउन थालियो । सन् २००४ मा डब्लुटीओको सदस्य बन्दै गर्दा हामीले फाइदा/बेफाइदाको विषयमा असाध्यै एनलाइसिस गरेका थियौं । नेगोसिएसनमा हामीले लिएको अडान सबैभन्दा राम्रो नै थियो । पछिल्लो चरण चाहिँ अफर हुनेबित्तिकै सबै खुलिहाल्यो । तर, डिमाण्ड त्यही अनुसार हामीले गर्न सकेनौं । 

पछि डब्लुटीओ आफैँ पनि सुस्त भएर गयो । हाम्रा जस्तो कमजोर मुलुकहरूलाई जे-जेमा सहयोग गर्छु भनेको थियो त्यसलाई सहयोग गर्न सकेन । त्यसले गर्दा हामीलाई कमजोर बनाउने बल पुग्यो । 

हाम्रोमा आर्थिक परिवर्तन किन देखिएन ? 
मलाई जागिरको सिलसिलामा धेरै मुलुकहरू जाने संयोग मिल्यो । म लगायतको सरकारी टोली चीन गएको थियो । त्यो बेला चीनको अवस्था निकै कमजोर रहेको थियो । त्यो बेला माओले गरेको एउटा कुरा असाध्यै राम्रो लागेको थियो । त्यहाँ बोलेपछि त्यो पूरा गर्नैपर्ने थियो ।  

तर, हाम्रोमा त त्यस्तो छैन । उद्योग नै बन्द गरेर राजनीतिक जुलुसमा लैजाने गरिन्छ । जो लगानीकर्ताहरू हाम्रोमा आउँछन् त्यसलाई हामीले शोषण गर्न आएको सम्झिन थाल्यौं । कामदारहरू पनि इमान्दार बन्न सकेनन् । त्यसपछि लगानीकर्ताहरूको मनोबल खस्कियो ।   

काम नगर्ने, काम गरेर खानुपर्छ भन्ने वातावरण नै कमजोर भए । सरकारीसँगै धेरै उद्योगहरू बन्द भए । अहिले बन्द भएका उद्योगहरू चलाउने भनिरहेका छन् । हेरौँ, चलाएर देखाउन् ! चल्दै चल्दैन नि ।  

१८ सालमा वीरगत्तज चीन मिल्स कारखाना कुन प्रविधिमार्फत चलेको थियो भन्ने पनि हेर्नु पर्छ । अहिले त्यसलाई सञ्चालन गर्नसक्ने अवस्था छैन । टेक्नोलोजीहरू कहाँबाट कहाँ पुगिसक्यो हामी जहिको त्यहि छौं ।  

हामीले अरुसँग प्रतिस्पर्धा नै गर्न सकेनौँ । हाम्रो चिनी उद्योग त्यसै बन्द भएको होइन । जुन किसिमको प्राेडक्सन, प्रोडक्टिभिटीदेखि लिएर सामान्य ऊखूको उत्पादन पनि उनीहरूले निरन्तर रिसर्च गरे । त्यहीअनुसार उनीहरूले कम लागतमा उत्पादन गर्न थाले । हाम्रो लागत यसै पनि महँगो भयो । प्रतिस्पर्धा गर्न सकिएन । खुल्ला सिमाका कारण हामीलाई थप समस्या भयो । 

औद्योगिक घराना भनेर पहिले राष्ट्रले केहीलाई सम्मान पनि गरेको थियो । अहिले तिनीहरूको ट्रेडिङदेखि बैंकसम्म आफ्नै भए । उनीहरू सर्टकट बिजनेशमा लागे । एजेन्सी बिजनेशमा लागे । उद्योग गरेर हुँदैन भनेर उता लागे । हाम्रो बजार सानो छ । यहाँको लागि मात्रै टार्गेट गरेर पनि चल्दैन । 

कृषि क्षेत्र त दिगो हुन सक्थ्यो । त्यसमा किन काम गर्न सकेनौँ ? 
सन् २०१० मा म रिटायर भएँ । त्यसपछि कृषिमा के सम्भावना छन् भनेर लिस्ट फाइनल पनि गरेको थिएँ । तर त्यसमा ती अनुसारको रिफर्म गर्न सकेनौं । 

कृषि क्षेत्रको कुन क्षेत्रमा बढी सम्भावना छ भनेर भन्यौँ भने थोरै कफी, थोरै चिया भन्ने आउँछ । यसले हाम्रो कृषि क्षेत्र पार लाग्नेवाला नै छैन । लगानी सम्मेलनका लागि संशोधन गर्ने भनिएको कानुनले पनि हुनेवाला केही छैन । करप्सनको जालो खोलिदिने मात्रै काम गर्छ । 

एउटै ठाउँबाट लगानीको प्रस्ताव स्वीकृत गराउनुपर्छ । छिमेकी देश चीनमै एउटै टेबलमा लगानी लिएर पुग्यो भने त्यहीँबाट पारित हुन्छ । अन्त कतै जानै पर्दैन । हामीले यसो गर्न सकेका छैनौं । लगानीकर्ताले झन्झट बेहोर्न चाहँदैनन् । हाम्रोमा त्यही झन्झट छ ।

श्रम शक्ति बाहिर पठाएका छौँ । विदेशी मुद्राको मुख्य स्रोतका कारण हाम्रो देश धानेको छ । नेपाली श्रमिकलाई लिएर काम लगाइदियौँ भनेर गरिएको श्रम सम्झौताबाट अरु गर्न भने सकेका छैनौं । कन्स्ट्रक्सन क्षेत्रको तालिम गराउन भन्दा हामीले त्यो तालिम नै गर्न सकेनौं । सुरक्षाकै अवस्था एकताका कमजोर बन्यो । त्यस्तो अवस्थामा कस्ले आएर लगानी गर्ने ? लगानीको सुरक्षा नै भएन । संसारको सबै मुलुकले लगानीकर्ता बोलाएको छ । हामीले बोलाए जस्तो भन्दा धेरै गुणा राम्रोसँग बोलाएको छ । हामीले नेपालबाट बाहिर लगानी पठाउन पनि सकेनौँ । ल्याउन पनि सकेनौं । 

हामी एक पटक पूरै रिथिंक गरेर रिफर्ममा जानुपर्छ । अहिलेको अवस्थालाई विश्लेषण गरेर रिफर्ममा नजाने हो भने हामी अझै तल झर्न सक्छौं । हावादारी कुराले काम गर्दैन । एउटा मन्त्रीले तीन वटा सचिव परिवर्तन गर्ने अवस्था छ अरुको त के कुरा गर्नु । 

के कुरालाई रिभाइज गर्दा हामी लयमा आउन सक्छौँ ? 
अहिले हामी कस्तो अवस्थामा छौँ भन्ने पनि थाहा छैन । कति वर्ष अगाडिदेखि भन्दै आएका कुराहरू अझै पनि त्यही भन्दै आएका छौँ । खानी कति ठाउँमा पत्ता लागेका छन् । दैलेखमै पत्ता लागेको खानी आउने हो भने त्यसले ठूलो परिवर्तन गर्छ । भएका कुरालाई नै कसरी सदुपयोग गर्ने भन्ने मुख्य कुरा हो । अहिले एक दिन सामान रोकिदियो भने हामी समस्या पर्न सक्ने अवस्थामा आइसकेको छ ।  

चियाको अक्सन नेपालमै हुनुपर्छ भनेर हामी भन्न थालेको चालिस वर्ष भइसक्यो । नेपाली चियालाई विदेशीहरूले ब्राण्डिङ गरेर बेचिरहेको छ । हामीले कपिराइटको क्लेम गर्न पनि सकेनौं । चीन कपी गर्ने हो भन्नेबाट अहिले अमेरिकालाई पछि पारेर अगाडी बढिसक्यो । टेक्नोलोजीमा पनि अगाडी नै पुगेको छ । हामीले पनि अब गरिखान्छौं भनेर एकमुष्टमै अठोट गर्नुपर्छ । 

आफ्नो उत्पादन हो भने त्यसलाई यो वस्तु हाम्रो हो भनेर भन्नु नै परेन । खुकुरी हाम्रो हो भनेर भन्नुको के अर्थ रहन्छ र ? हाम्रो हो यो भनेर विधिवतरुपमा दर्ता गर्ने काम सरकारले धेरै पहिलादेखि नै गर्दै आएको छ । धेरैका लागि कोशिस पनि गरिदिएको हो । सिंहदरबार वैद्य खानामा साढे तीन सय वर्षदेखिका इतिहास थियो । हामीकहाँ के के जडिबुटी पाइन्छ र के के बनाउन सक्छौं भन्ने रेकर्ड त्यहाँ छ । यो नहुँदा पनि चलिरहेको छ किन चाहियो इतिहास भनेर देश चलाइयो ।

त्यसलाई चित्त बुझाउनु पनि सकिएन । उत्पादन, उत्पादन विधि र त्यसको फरक के त भन्ने कुरा भएपछि मात्रै प्याकिङ हुन्छ । त्यति गर्न सकिएके थियो भने विधिवतरुपमा दर्ता गर्न सकिन्थ्यो । त्यो उहाँहरूले गर्न सक्नु भएन । त्यो क्षेत्र छुट्यो । 

मानिसहरूमा चासो भएर आएको छ । जसले दर्ता गर्छ उसको सुरक्षाको लागि हामीले राम्रो काम गरेनौँ भने त्यो यहाँ दर्ता हुँदैन । जसले संरक्षण गर्छ त्यहाँ गएर दर्ता हुन्छ । 

नेपाललाई नै चिनाउने गरेर अन्तर्राष्ट्रिय बजारमा जानै सकिएन भन्नुभएको हो?
केही ब्राण्ड छन् । कमन बनाएका छन् । जग नभएको चिज जुनसुकै बेलामा पनि जान सक्छ । बाहिरका ब्राण्ड ल्याउनका लागि हामीले धेरै रोक्ने कोसिस पनि गरेका हौं । नेपालको चियाको नामबाट भारत, श्रीलंकाहरूले ब्राण्ड लैजान खोजे । त्यो लैजान हामीले रोक्न खोजेका थियौं ।

हामीहरू सबैकुरा अरुको भरमा हुन्छौं । आफ्नैमा राख्ने, आफै बनाउने भन्ने कुरामा हामीले अन्तिमसम्म बल गर्‍यौँ भने पनि राजनीतिले त्यसलाई थेग्न सक्दैन । राजनीतिमा अब छोडिदिनुस भन्ने खालको अवस्थामा हामी छौं । ब्युरोक्रेसीले लिएको अडानमा राजनीतिक तबरबाट छोडिएको थुप्रै उदाहरणहरू हामीकहाँ छन् ।  

श्रमिक पठाएर हामी रेमिट्यान्सबाट देश चलाइरहेका छौं । त्यो धेरै दिन चल्दैन । रेमिट्यान्सको पैसा विकासमा जोड्न सकिएको छैन । यसो हुनुमा राज्यले लगानीकर्ताहरूलाई विश्वासनियता नै दिन नसकेर हो । किन नेपालमै लगानी गर्ने भन्ने कुराहरू हामीले पहिले बनाएका थियौं । कुनै पनि हालतमा तिम्रो सम्पत्तिलाई राष्ट्रियकरण गर्दैनौं भन्ने जस्ता सात वटा स्टेन्थ बनाएका थियौं । लगानीकर्ताहरूलाई अहिले ग्यारेन्टी नै छैन । अहिले त्यस्तो छैन ।  

समाजवादउन्मुख भनेर हामीले भनिरहेको बेला लगानीकर्ताहरू बुझ्छ भन्ने सोचका छैनौं । उनीहरूले यस्तो भनिरहेको वातावरणमा उनीहरू किन आउछन् लगानी गर्न । हाम्रोमा विदेशी लगानीकर्ता पनि आएका छैनन । नेपालकाले पनि लगानी गर्न चाहिरहेका छैनन । बरु नेपाली लगानी गर्न सक्ने लगानीकर्ताहरूले आफू बाहिर बसेर परिवारका सदस्यहरूलाई अगाडी बढाएर बाहिर लगानी लगिरहेका छन् । 

हाम्रो नेपालका लगानीकर्ताहरूले नेपालमा लगानी गर्न राम्रो छ नभनेसम्म बाहिरको लगानीकर्ताहरू आउने कुरा नै भएन । तर, हाम्रा लगानीकर्ताहरूले राम्रो छ नै भन्दैनन् । हाम्रैले बाहिर लगिरहेका छन् । हाम्रो बजार सानो भएकोले सानो लगानी आउछ आए पनि । तर नेपालबाट जाने लगानी ठूलो जान्छ ।

नेपालमा श्रमिकहरूले नै देशलाई पत्याइरहेका छैनन् । नेपालमा केही काम छैन भनेर बाहिर कुदिरहेका छन् । हामीसँग नभएको भन्ने केही छैन । तर, देखाउने बेलामा छ भनेर देखाउन नै सकनौँ । किसानले उत्पादन बेच्न सकेको छैन । एग्रोबेस उद्योगहरूले कच्चा पदार्थ चाहियो भने बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ । कुुखुरालाई चाहिने चारो नेपालमा कसै उत्पादन हुन्छ अनि बाहिर गएर त्यो चारो बनेर आउछ । यस्ता बाध्यतामा हामी छौँ ।

हाम्रोमा देखिएका समस्याहरूको समाधान गर्न थुप्रै कुराहरू सुधार गर्नुपर्छ, राजनीति परिवर्तन गरेर मात्रै केही हुने होइन ।

श्रमिक होइन सामान निर्यात गर्न के गर्नु पर्छ ?
अहिले हामीसँग यो बेच्ने भन्ने पनि छैन । बाहिर श्रमिक जानु नराम्रो नै होइन । त्यहाँ सिप सिकेर नेपालमा आएर केही गर्नु पर्छ । केहीले बाहिर सिकेको सिपलाई नेपालमा आएर सदुपयोग पनि गरेका छन् । कतिपय त यहाँ गर्छु भनेर आएर दिक्क भएर फेरि उतै फर्किएका पनि छन् । 

हाम्रो डिमाण्ड के हो, हामीले के के अफर गर्न सक्छौं भन्नेबारे सबैले संगै बसेर एकै मुखले भन्नुपर्छ । यताउता गरेर हुँदैन । यी कुराहरूको ग्यारेन्टी गर्न सकेनौं भने अगाडि बढ्न सक्दैनौँ । राजनीति कहाँ छ कहाँ त्यहाँ गयो भने थाल-थालमा मासु भात आउँछ भनेर बोलाउने अनि त्यहाँ उद्योग बन्द हुन्छ । उद्योगपतिलाई गाली गरेर कसरी हुन्छ । 

सिमा व्यवस्थापन हाम्रोमा जस्तो कमजोर अरु कतै छैन । अरु देशहरूमा पनि खुल्ला सिमा छन् । युरोपमा एउटामा भिसा लियो भने सबै मुलुक घुम्न पाइन्छ । तर, त्यहाँ छुट्टाछुट्टै स्ट्रेन्थ छ । तर, हाम्रोमा सिमा एक दिन रोकिदियो भने हामी के के नि भएजस्तो गरेर आपतमा परेझै गर्छौँ । सबैसँगै बसेर समाधान नगर्ने हो भने हाम्रो कमजोर हुनेबाहेक अरु दिन आउने विकल्प छैन । 

लगानीकर्ताहरूलाई हामीले ढुक्कको वातावरण बनाइदिनु पर्छ । मकै उत्पादन गर्नेहरूलाई त हामीले यो वातावरण बनाइदिन सकेका छैनौं । यहाँ उत्पादन गर्छन अनि उतै लैजान्छन् र यहाँ ल्याएर महँगोमा बेचिदिन्छौं । धान पनि यहाँ उत्पादन गर्छन उता लगेर चामल बनाएर ल्याएर नेपालीलाई महँगोमा बेचिदिन्छन् । यी समस्याहरू छन् । यसलाई सुधार गर्नुपर्छ । 

हामीले धेरै अनुभव पनि बटुलिसक्यौँ। हाम्रो स्ट्रेन्थ के हो र हामीलाई खराब के कुराले गर्ने रहेछ भनेर थाहा पाइसकेका छौं । त्यो अनुसारको रिफर्मलाई निर्ममरुपमा समिक्षा गर्नु पर्छ । सुधार गर्नु पर्छ । 

कपडा उद्योग चलाउँछौँ भनेर भनिरहेका छौँ । त्यो कहिलेको मेसिन त्यसलाई चलाउने भनेर कति पैसा सकाउछौं अनि फेरि थन्किन्छौँ ।

नेपालमा सबैभन्दा राम्रो औषधि बनाउँछन् भन्ने छाप बसेको थियो । तर, अहिले पनि यसलाई राम्रो भनिएको छ । यो कुरालाई लिएर नयाँ प्रविधि ल्याएर शुरु गर्नु छैन । खाली पुरानो नै चलाउने अनि पैसा सकाउने अन्तिममा बन्द गर्ने गरिन्छ । 

उद्योगी व्यापारीको क्यारेक्टर कसरी डिफाइन गर्ने ? 
संसारभारका उद्योगी व्यापारीको क्यारेन्टर भनेर उस्तै नै हुन्छ । अमेरिकाको पनि यस्तै छन् अनि नेपालको पनि उस्तै छ । पैसा भनेर सबैभन्दा डराउने जनावार हो । जता ओरालो उतै बग्दै जान्छ । 

व्यापारी चरित्र र राष्ट्रिय चरित्र फरक हुने रहेछ । यहाँ व्यापारिक चरित्र बढि हाबी भएको छ । नाफा मात्रै हेरेको छ । उनीहरूलाई पार्टीले नै ल्याएर सदस्य बनाएर सांसदसम्म बनाइदिएका छन् । हामीले सबैलाई चिनैकै थियौं । त्यहि अनुसार व्यवहार पनि गर्दथ्यौँ ।

उहाँहरू त्यहाँबाट भएन भनेर पूरै ट्रेडिङतिर लाग्नु भयो । बैंक उसैको छ, व्यापार, उद्योग, बीमा सबै उसैको छ । नुनदेखि सुनसम्म उसैको छ । हामीले जति पनि नीति नियम बनायौं व्यापारीको डिमाण्डमा टालटुल मात्रै गर्ने काम गर्यौँ । राष्ट्रियरुपमा समीक्षा गरेर गरेकै होइन ।

हामीलाई चाहिएको वास्तविक कुरा के हो भनेर पनि गर्न सकेनौं । कतिजना चाइना हाइहाइ भनिन्छ । कतिजना इन्डिया हाइ हाइ भनिन्छ । चीन भारतसंग हामीले लिन सक्ने फाइदा के हो भनेर केहि गर्न नै सकेनौं । आफ्नो कन्फरटेबल बनाउँदा बनाउँदै कति दशक बिते ।  

राष्ट्रिय बजेट अफठ्यारो अवस्थामा पुग्यो । सरकारको आम्दानी छैन । भएको पनि कता कता छरिएको छ । पाँच वर्षपछि आफ्नो पालिका, ठाउँ कस्तो बनाउने भन्ने योजना नै छैन । माथिको निर्देशन अनुसार सबैको चित्त बुझाउँदा बुझाउँदै छरिएर राम्रो नतिजा दिन सकेको छैन ।