शीर्षकहरू

नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा

नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कोषले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल सरकार ,अर्थमन्त्रालय र वार्षिक साधारण सभाबाट पारित भएपछि  शेयरधनीले पाउनेछन् । अघिल्लो आवको मुनाफाबाट कोषले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कोषले गत वर्षको तुलनामा यस वर्ष लाभांशदर घटाएको छ ।