शीर्षकहरू

होटल एलिसले १३.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

होटल एलिसले १३.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३ दशमलव ५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ९ करोड रूपैयाँको आधारमा १३ दशमलव ५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । 

हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार १९ गते विशेष साधारण सभाको आयोजना गर्ने भएको छ । कम्पनीको सम्पर्क कार्यालय नयाँवानेश्वर, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय भएको हो । 

सभाले हकप्रद शेयर जारीपछि कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।