शीर्षकहरू

एलआईसी नेपालले बोलायो साधारण सभा, साढे १२ करोड नाफा कमाए पनि छैन लाभांश प्रस्ताव

एलआईसी नेपालले बोलायो साधारण सभा, साढे १२ करोड नाफा कमाए पनि छैन लाभांश प्रस्ताव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत जेठ १३ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार असार १३ गते साधारण सभा बोलाएको हो ।

साधारण बिहान ११:४५ देखि जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु हुनेछ । कम्पनीले अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आव २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आव २०५०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको एलआईसीले यस वर्ष लाभांश भने नबाँड्ने भएको छ । कम्पनीले खराब आर्थिक स्थिति देखाउँदै लाभांश वितरण नगर्ने निर्णय सञ्चालक समितिको बैठकमा गरेको थियो ।