शीर्षकहरू

सूर्योज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

सूर्योज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता २१० रूपैयाँमै बिक्रीमा आएको हो । 

असार ४ गतेदेखि ११ गतेसम्म विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

तोकिएको अवधिभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यी शेयर खरिद गर्न इच्छुक खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथलीसँगै शाखा कार्यालय बिराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्ने व्यवस्था छ ।