शीर्षकहरू

सूर्यज्योतिको ५ लाख ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्यज्योतिको ५ लाख ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  ५ लाख ६८ हजार २८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संचालक समितिको बैठकबाट उक्त श्यर बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले शेयर खरिदका लागि संस्थापक शेयरधनीलाई ३५ दिनभित्र  निवेदन दिन आह्वान गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथलीमा  आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरि रितपुर्वक शिलबन्दी बोलपत्र आह्वान कम्पनीले गरेको छ ।

३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन पेस नभएमा त्यसपछि सर्वसाधारणका लागि शेयर बिक्री गर्ने प्रक्रिया अघि बढ्नेछ ।