शीर्षकहरू

रसुवागढी हाइड्रोपावरको साधारण सभा मिति परिवर्तन

रसुवागढी हाइड्रोपावरको साधारण सभा मिति परिवर्तन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । यसअघि असार ११ गतेका लागि तय भएको उक्त सभा असार ३० गतेका लागि सारिएको हो । 

असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ११ गतेको साधारण सभा असार ३० गतेका लागि सारिएको हो । सभा नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

सञ्चालकहरूको बैठक भत्ता तथा सुविधाका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिना सहित चार जना सञ्चालकहरूको निर्वाचन पनि सभाले गर्नेछ । 

कम्पनीको सञ्चालक समितिमा रहने दुई जना स्वतनत्र सञ्चालकको मनोनय तथा निर्वाचन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार २२ गतेसम्म कायम शेयधरनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।