शीर्षकहरू

नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीका लागि तालिम सञ्चालन

नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीका लागि तालिम सञ्चालन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीलाई तालिम सञ्चालन गरेको छ । असार २, ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तूलित जीवन प्रवद्र्धन गर्ने प्रयोजनले एक बहु–आयामिक प्रशिक्षण प्रदान गरेको हो । 

यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यवसायीक विकास हूने र कम्पनीको लागि समेत उपयोगी हूने अपेक्षा गरिएको छ । विविध पक्षलाई समटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुबैको व्यवासायीकतामा बृद्धी हुने कम्पनीले भनाइ छ । 

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हून, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ । कर्जा पार्टफोलियोहरु प्रबन्ध गर्न र व्यवस्थापन तालिमहरु सञ्चालन गर्न उनीमा विशेषेता रहेको छ ।

 उनको विशेषेता र अनूभवले यो कार्यक्रमलाई सफल पार्न बहुमूल्य सहयोग प्रदान गरेको कम्पनीले दावी गरेको छ । साथै, यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक  अच्युत गौतम र  सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गर्न भएको थियो ।

आर्ट अफ लिभिङसंग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनूभव रहेको र विश्वभरका लगभग १८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संगठनको वेलनेश माडेलसँग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट  सहभागीहरुलाई रोग र तनाव–मूक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरुमा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सूधारहरु हूनेमा कम्पनी विश्वस्त रहेको छ ।

 नीभा एम. प्रधानका अनूसार “कर्मचारीहरुलाई प्राथमिकता दिने संस्थाहरुको बढ्दो संख्या देखेर हामी हर्षित छौं । हाम्रो समग्र प्रशिक्षण प्याकेज व्यक्ति र संस्था दूबैको लागि अधिकतम र दिगो फाइदाहरु प्रदान गर्ने हिसाबले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सूनिश्चित गर्न कार्यक्रम सम्पन्न भए पश्चात् थप तालिम सत्रहरु सञ्चालन गर्न संस्था प्रतिवद्ध छ ।”

कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह साथै आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको उपस्थिति रहेका थिए । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सफलताको लागि स्वस्थ उत्प्रेरणा आवश्यक छ भन्ने मान्यता राख्दै आफ्ना कर्मचारीहरुलाई यस्तो उच्च स्तरको तालिम प्रदान गर्न पाउंदा कम्पनी गौरवान्वीत छ ।