शीर्षकहरू

किम जोंग भेट्न उत्तर कोरियामा पुटिन, सियोल र वासिङ्टनको चिन्ता बढ्यो

किम जोंग भेट्न उत्तर कोरियामा पुटिन, सियोल र वासिङ्टनको चिन्ता बढ्यो

एजेन्सी । उत्तर कोरियाको भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोंग उनसँग भेट गरेका छन् । विमानस्थलमा किम जोंगले पुटिनलाई स्वागत गरे । त्यहाँबाट उनीहरु एउटै गाडीमा निस्किए ।

दुई वर्षदेखि युक्रेनविरुद्ध युद्ध गरिरहेको रुस पश्चिमा देशको घेराबन्दीमा परेपछि थप समर्थन जुटाउन उत्तर कोरिया पुगेका हुन् । दुई देशबीच हतियारका विषयमा सम्झौता हुनसक्ने भन्दै विश्वको ध्यान आकर्षित भएको छ । सैन्य सहकार्य हुनसक्ने गरी दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल (दक्षिण कोरिया) र वासिङ्टन डिसी (संयुक्त राज्य अमेरिका)का लागि चिन्ता उत्पन्न  भएको छ ।

“युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भने। प्योङयाङमा आयोजित समारोहपछि पुटिनले 'समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे ।

रूस र उत्तर कोरियाबीच धेरै वर्षदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएको उनको भनाइ थियो ।