शीर्षकहरू

चीनको टीट-फर-ट्याट नीति, इभीमा कर लाउँदा पोर्क आयातमा कडाइ

चीनको टीट-फर-ट्याट नीति, इभीमा कर लाउँदा पोर्क आयातमा कडाइ

एजेन्सी । गत हप्ता चिनियाँ विद्युतीय सवारीसाधनमा युरोपियन युनियनले कार बढाए पछि चीनले पनि त्यसको जवाफ दिने गरी कदम चलेको छ । चीनले यसरी जस्तालाई त्यस्तै गर्ने (टीट-फर-ट्याट) नीति अवलम्बन गरेपछि ब्रसेल्स र बेइजिङको बीच अर्को व्यापार युद्ध सुरु हुने जोखिम बढेको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले युरोपेली संघबाट आयात हुने सुँगुरको मासुमा सोमबार एन्टी-डम्पिङ जाँच सुरु गरेको छ। ब्लूमबर्गका अनुसार, "यसलाई इयुद्वारा सञ्चालन भइरहेको कर नीतिको बेइजिङको काउन्टरको रूपमा रूपमा हेरिनेछ। इयुले विभिन्न उद्योगहरूमा चिनियाँ सब्सिडीहरू रहेको आरोप लगाउँदै जुलाईदेखि इलेक्ट्रिक कार आयातमा शुल्क लगाउनेछ।"

गत वर्ष चीनमा युरोपको सुँगुरको मासु निर्यात १.८३ बिलियन डलर थियो। जसबाट स्पेन, डेनमार्क र नेदरल्याण्डका किसानहरूले सबैभन्दा बढी लाभ उठाएका थिए। चीनमा सुँगुरको मासु निर्यातको हिस्सा युरोप र चीन बिचको समग्र व्यापारको एक प्रतिशत मात्र हो। गत वर्ष चीनले युरोपबाट २८२ अर्ब डलर बराबरको सामान आयात गरेको थियो।

इयुका किसानहरू चीनको यस्तो कदमका कारण उच्च सतर्कतामा छन् किनकि सुँगुरको मासु आयातमा बेइजिङको कदम सम्भावित रूपमा अन्य खाद्य उत्पादनहरूमा विस्तार हुन सक्छ।  "यदि चीनले आक्रामक कर लगाएर प्रतिक्रिया दियो भने इयु र चीनबिच व्यापार युद्ध सुरु हुने जोखिम बढ्छ" अनुसन्धान फर्म ट्रिभियम चाइनाका आर्थिक विश्लेषक जो पेसेलले भने।