शीर्षकहरू

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता, वित्तीय परामर्श र व्यवस्थापनमा सहकार्य गर्ने

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता, वित्तीय परामर्श र व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार)बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता भएको छ ।

नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई हस्ताक्षर गरेका छन् । 

चितवनको सौराहामा २०६७ सालमा ५२ कट्ठा जग्गामा निर्मित दुई तारे सुविधा सम्पन्न  होटल सेभेनमा ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हल रहेका छन् । चाँडै उक्त होटललाई पाँचतारेमा स्तरोन्नति गर्नेगरी तयारी भइरहेको छ ।

आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना रहेको र त्यसको लागि थप पूँजीको आवश्यकता पर्ने हुँदा  सर्वसाधारणलाई शेयर जारी गर्ने योजना पनि होटलले बनाएको अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिए ।