शीर्षकहरू

विद्युत् नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताल नियुक्त

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले  विद्युत् नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताल र सदस्यहरुमा मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ ।