शीर्षकहरू

‘रोजगारीका लागि सहकारी आकर्षण क्षेत्र होः सापकोटा

‘रोजगारीका लागि सहकारी आकर्षण क्षेत्र होः सापकोटा

काठमाडौं । सहकारी क्षेत्र रोजगारीका लागि एउटा आकर्षण क्षेत्र रहेको बचत तथा ऋण केन्द्रीय सहकारी महासंघ नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवार्ज सापकोटाले बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेला (२०८१ मा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उनले समुदाय समुदायमा गएर काम गर्नुपर्ने हुँदा सहकारी क्षेत्र एउटा रोजगारीका आकर्षणको क्षेत्र रहेको बताएका हुन् । 

यो क्षेत्रमा काम गर्नेहरुका लागि कर्मचारीमा मात्र सीमित नभएर माथिल्लो उच्च नेतृत्व तहमा समेत पुग्न सक्ने अवसर रहेको उनले बताए । सहकारी क्षेत्रमा आएर आफ्नो कामलाई निरन्तरता दिन्छु भनेर काम गर्नुपर्छ । उनले भने,‘यहाँ कामको निरन्तरता दिएको पाइँदैन । एउटा टेबुलमा सीमित भएर केही समय काम गरी छोट्ने प्रवृति छ । यसले गर्दा उनीहरुमा क्षमता वृद्धि हुदैन । क्षमता वृद्धि नहुँदा कामका अवसर पाइन्छन् ।’ 

रोजगारीका अवसर पाउन आफुमा क्षमताको वृद्धि गर्नु पर्ने उनले बताए । प्रविधिसँग जोडिएर काम गर्नेका लागि सहकारीमा धेरै अवसर रहेको उनका भनाइ थियो । नेपालमा तथ्यांकको समस्या हुँदा सहकारी क्षेत्रमा कति रोजगारी दिइरहेको छ भन्ने एकिन तथ्यांक नसकिए हुँदा पनि करिब १ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ ।