शीर्षकहरू

सहकारीका बारेमा कहिल्यै चर्चा भएन, जब बदनाम भयो अनि संसदमा बहस चल्यो : बास्कोटा

सहकारीका बारेमा कहिल्यै चर्चा भएन, जब बदनाम भयो अनि संसदमा बहस चल्यो : बास्कोटा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश  बास्कोटाले सहकारीको बदनाम भएपछि बल्ल संसदमा बहस चलेको बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीका बारेमा कहिले पनि चर्चा हुन सकेको थिएन । जब सहकारीको बदनाम भयो तब संसदमा बहस चल्यो ।’ अहिले सहकारीको चर्चा सडकदेखि संसदसम्म बहस चलेको उनको भनाइ थियो । तर नकारात्क कुरालाई लिएर चर्चा भएको बताउँदै उनले भने, 'छानबिन समिति बन्नेसम्मको अवस्था समेत बन्न पुग्यो ।'

यसले राम्रो पनि गरेको उनले बताए । अस्तित्व भएका सहकारीमा सरकारको संलग्नता हुने समेत उनले बताए । सहकारीप्रति सरकारको भूमिका स्पष्ट नभएको उनको गुनासो थियो ।