शीर्षकहरू

सरकारले सहकारीमा अनुगमनको काम नै गरेन : पूर्व मुख्यमन्त्री अधिकारी

सरकारले सहकारीमा अनुगमनको काम नै गरेन : पूर्व मुख्यमन्त्री अधिकारी

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका सल्लाहकारसमेत रहेका गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सरकारले सहकारीको अनुगमन नै नगरेको आरोप लगाएका छन् ।

प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले भने, ‘अनुगमनको काम सरकारले नै गरेको छैन ।' केही सहकारी संस्थाले नराम्रो पनि गरेको स्वीकार्दै उनले सहकारी क्षेत्र विफल भने नहुने बताए । गलत कामको ढाकछोप गर्न लागेकालाई कारबाही हुनुपर्ने बताउँदै उनले नराम्रो काम गर्ने व्यक्ति सहकारीमा टिक्न नसक्ने पनि बताए ।

राजनीतिक दलभित्र पनि सहकारी अर्थतन्त्रको एउटा खम्बा भएको उनको भनाइ थियो । तर यो नबुझ्ने पनि रहेको गुनासो उनले गरे । सहकारीलाई बदनाम गर्नेहरु यस क्षेत्रमा फर्किन नहुने उनको भनाइ थियो । उनले भने, 'सहकारीको बदनाम गराउनेहरु कहिले पनि यस क्षेत्रमा नफर्किनु होला । यस क्षेत्रलाइ राम्ररी अगाडी बढ्न दिनु होला ।'