शीर्षकहरू

सिटिजन लाइफ इन्स्योरेन्सको बचत वृद्धि योजना सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सको बचत वृद्धि योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक गरेको छ । यो एक सबैद्वारा समान बीमाशुल्क खरिद गर्न सकिने जीवन बिमा योजना भएको कम्पनीले जनाएको छ ।

'सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो, जसले भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतिबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ,' बचत वृद्धि योजनाबारे जानकारी दिन जारी विज्ञप्तिमा भनिएको छ, 'यसअघिको बीमा योजनाहरुमा उमेरको आधारमा बीमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बीमाशुल्क फरक हुँदैन।'

 

यस योजनामा लोयल्टी रिवार्ड समेत समावेश गरिएको कम्पनीले जनाएको छ । यस योजनामा थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने भनाइ कम्पनीको छ । योजनमा सरिक हुन १८ वर्ष उमेर पुगेको हुनुपर्ने छ भने अधिकतम उमेर ५५ वर्ष हुनुपर्नेछ । यस योजनाको म्याचुरिटी ७० वर्ष सम्ममा हुने व्यवस्था रहेको जानकारी कम्पनीले ददिएको छ ।

कम्पनीले भनेको छ, 'यस योजनमा बीमाशुल्क भुक्तानी गरे वापत योजनाको शर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ ।'

यस बीमा योजनामा न्यूनतम वार्षिक बीमाशुल्क रु १२ हजार रहेको छ र न्यूनतम बीमा अवधि १० वर्ष रहनेछ । बीमितले बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा बुझाउन पाउने व्यवस्था रहेको कम्पनीले जनएको छ ।