शीर्षकहरू

नागरिक लगानी कोषले बोलायो साधारण सभा,१४.७४ प्रतिशत लाभांश पारित हुदैं

नागरिक लगानी कोषले बोलायो साधारण सभा,१४.७४ प्रतिशत लाभांश पारित हुदैं

काठमाडौं । नागरिक लगानी कोषले असार ३१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक नियुक्तीको विषय पनि सभाले टुङ्ग्याउने छ ।
 
यस वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले उक्त प्रस्तावलाई समेत सभामार्फत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यो साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।