शीर्षकहरू

चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने

चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने
फाइल तस्वीर

काठमाडौं । चीनले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न ‘भिजिट नेपाल–२०२५’ मनाउने भएको छ ।

सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाठका अवसरमा  नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय भएको नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बताएका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच उपविदेशमन्त्री सुनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन आज नेपाल आएका हुन् ।