शीर्षकहरू

समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलमा विशेष छुट

समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलमा विशेष छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले क्यापिटल हस्पिटल प्रालि बागबजारसँग सम्झौता गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयर सदस्य, कर्मचारी तथा खातावालाहरुले विशेष छुट पाउनेछन् ।

मंगलबार फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक डा अशोक रत्न बज्राचार्यले  समद्मदारी पत्रमा हस्ताक्षर गरे ।

समृद्धि मोबाइल बैकिङ्ग र डेबिड कार्ड प्रयोग गरी क्यापिटल हस्पिटलमा स्वस्थ्य उपचारको भुक्तानी गर्दा  २० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

सम्झौताअनुसार समृद्धिका ग्राहकले अर्थोपेडिक,स्त्री रोग, सामान्य शल्यक्रियाको अपरेशन/प्रक्रिया शुल्कमा  १० प्रतिशत छुट पाउनेछन् । फिजियोथेरापी, फार्मेसी र बेड चार्जमा पनि सोही बरारबर छुट पाउने समृद्धि फाइनान्सले जनाएको छ ।

अल्ट्रा साउन्ड र प्रयोगशाला सेवा (सबै उपलब्ध परीक्षणहरूको लागि) लागि १५ प्रतिशत र  एक्स–रे मा २० प्रतिशत छुट पाउने समृद्धि फाइनान्स विज्ञप्ति जारी गरी बताएको छ ।

सम्झौता २०८३ असार ११ गतेसम्म लागू हुनेछ ।