शीर्षकहरू

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन सम्झौता

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन सम्झौता

काठमाडौं ।  युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर जारी गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  लक्ष्मी सन्राइज क्यापिटलसँग मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भयो । 

उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तारक्षर गरेका थिए ।