शीर्षकहरू

गृहमन्त्री मुछिएको गोर्खा मिडिया र सहकारीको कागजात मगाउने संसदीय समितिको निर्णय

गृहमन्त्री मुछिएको गोर्खा मिडिया र सहकारीको कागजात मगाउने संसदीय समितिको निर्णय

काठमाडौं । सहकारी हिनामिना प्रकणबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहमन्त्री रवि लामिछानेको नाम समेत मुछिएको गोर्खा मिडिया प्रालिसहित सहकारीहरुको कागजात मगाउने निर्णय गरेको छ ।

समितिको बुधबार बसेको छैठौं बैठकले गृहमन्त्री लामिछानेले जीबी राईसँग मिलेर सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको माउ कम्पनी गोर्खा मिडिया प्रालि र जीबी-रवि जोडिएको सुप्रिम र सूर्यदर्शन सहकारीसहित ९ सहकारीको कागजात मगाउने निर्णय गरेको हो ।

समितिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलगायतबाट साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणकाे प्रतिवेदन र वित्तीय विवरण मगाउने निर्णय गरेको हो ।