शीर्षकहरू

सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त  बाल विकास माध्यमिक विद्यालय सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त  बाल विकास माध्यमिक विद्यालय सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणको लागी एक लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ । गत असोजमा गएको विनासकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठानपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो ।

 बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिव ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन । 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 हाल ५६ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।